२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • चिनको दुनुहुवाङ नगरको टोलीद्वारा लुम्बिनीसँगै बुद्ध परिपथको अवलोकन

    लुम्बिनी सांस्कृतिकसँग भगिनी सम्बन्ध नविकरण

    लुम्बिनी -चिनको गान्सु प्रान्तमा रहेका दुनुहुवाङ नगरपालिकाको टोलीले लुम्बिनीसँगै बुद्ध परिपथको अवलोकन गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको दुनुहुवाङ नगरपालिका कमिटिका सचिव शि लिन नेतृत्वको टोलीले बुद्धजन्मस्थल लुम्बिनीसँगै कपिलबस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, र रुपन्देहीको देबदहको भ्रमण गरेको हो।

    बैशाख ६ गते लुम्बिनी आएका चिनिया टोलीले ७ गते बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए। कपिलबस्तुको तिलौराकोट पुगेर उनीहरु ८ गते रामग्राम र देवदहको भ्रमण गरेका थिए। यस अघि शुक्रबार लुम्बिनी सांस्कृतिक नगरपालिका र दुनुहुवाङ बीचसँगको भगिनी सम्बन्ध नविकरण कार्यक्रम भएको थियो। सम्झौतामा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमान र चिनको दुनुहुवाङ नगरका सचिव शी लिन नविकरण पत्रमा हस्ताक्षर भएको थियो।

    त्यस्तै टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको अवलोकन समेत गरेको थियो। भ्रमणका क्रममा दुनुहाङ नगर कमिटीका सचिव लिन सहित उपसचिव जु युमिन, निर्देशक याङ सियांगाउन लगायत सहभागी रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुल्सीराम लामीछानेले जानकारी दिए।