२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • पाल्पामा ७ दिने होम स्टे तालिम सम्पन्न

    तानसेन-पाल्पाको तानसेनमा होम स्टे तालिम सम्पन्न भएको छ। पर्यटन विकास परिषद लुम्बिनीको आयोजना र होम स्टे महासंघसँगको सहकार्यमा बैशाख ९ गतेबाट तालिम सुरु भएको हो। तालिममा ४ जिल्लाका ४० प्रशिक्षार्थीको सहभागीता थियो। तालिममा पाहुनाहरुको स्वागत सत्कार, खानाका परिकार, सस्कृति, डिजिटल मार्केटिङ लगायतका बारेमा प्रशिक्षार्थीहरुलाई तालिम दिइएको पर्यटन परिषद लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले जानकारी दिए।

    तालिमको समापन कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले होम स्टे ले ग्रामिण पर्यटनको विकासमा सघाउ पुग्ने उल्लेख गरे। परम्परागत ऐतिहासिक बस्तुहरू, मौलिक स्थानिय खानेकुरा, कला सस्कृतिको प्रचार प्रसार गरे मात्रै धेरै आन्तरिक एवम बाह्य पर्यटकहरू भित्राउन सकिने सम्भावना रहेको उनले बताए ।

    तानसेन नगरपालिका ६ का वडा अध्यक्ष एवम तानसेन टुरिजम एक्सन कमिटिका संयोजक सागरमान महर्जनले तानसेन शहर आफैमा ऐतिहासिक र पहिचान बोकेको सहर रहेको बताए। उनले नगरपालिकाले ऐतिहासिक महत्व बोकका कुराहरूको संरक्षण गर्दै प्रचार प्रसारको माध्यमबाट पर्यटकहरू भित्राउने प्रयास गरिरहेको बताए।

    कार्यक्रममा होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष धनेश्वर बस्याल, पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेब बस्याल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्याल, होमस्टे अभियान्ता, बुद्धिजीवी मनमोहन श्रेष्ठ, नाट्टा पाल्पाका अध्यक्ष राजिव कुमार शाह र सुनिता श्रेष्ठ लगायतले आ आफ्ना भनाइ राखेका थिए।

    तलिममा सहभागीहरुलाई पाल्पाको पर्यटकीय स्थल जन्तीलुङको अवलोकन समेत गराइएको होम स्टे महांघका महासचिव कृष्ण चौधरीले जानकारी दिए।