२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानीमा लक्जरी रिसोर्ट बन्ने

    काठमाडौँ -रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ। स्वर्गकी रानीको उपमा पाएको मुगुको पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो। काठमाडौँमा भएको लगानी सम्मेलनमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले सम्झौतामा हस्ताक्षर गरेका छन्।

    करिब ७० करोडको लगानीमा मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा लक्जरी रिसोट बन्ने छ। ७४ रोपनी क्षेत्रफलमा बन्ने रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङस् प्रालिका शाहले बताए। समुद्र सतहदेखि ३,७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ।