२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • अमेरिकी राजदूत थम्पसनद्धारा लुम्बिनी भ्रमण

    लुम्बिनी-नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्। नवलपरासीमा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आएका राजदूत थम्पसनले शुक्रबार लुम्बिनीको भ्रमण गरेका हुन्। राजदुत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे।

    सो अवसरमा अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीको पनि उपस्थिती थियो। राजदुत सहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्दै जानकारी समेत लिएका थिए। टोलीलाई कोषका जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले बुद्धजन्मस्थल लुम्बिनीको बारेमा राजदुत थम्पसनलाई जानकारी गराएका थिए।