२०८१ आश्विन २१ गते, सोमबार १३:०४
  • पर्यटकीय क्षेत्र सौराहामा चर्को आवाजमा साउण्ड सिस्टम र माइक बजाउन नपाइने

    चितवन -पर्यटकीय क्षेत्र चितवनको सौराहामा होटल, रेष्टुरेन्टमा चर्को आवाजमा साउण्ड सिस्टम र माइक प्रयोग गर्न रोक लगाइएको छ । रत्ननगर नगरपालिकाले एक सूचना जारी गर्दै स्थानियबासी र छिमेकीहरुलाई असहज हुनेगरि साउण्ड सिष्टम प्रयोग नगर्न भनेको हो । सौराहा रत्ननगरको वडा नं ६ मा पर्छ ।

    राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित केही पर्यटकीय स्तरका होटल, रेष्टुरेन्ट र अन्य व्यवसायीले समेत स्थानीय जनमानसलाई अप्ठ्यारो हुने गरी चर्को आवाजमा साउण्ड सिस्टम र माइक बजाएको गुनासो आएपछि यस्तो निर्णय लिएको नगरपालिकाले बताएको छ।