२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • तामाङ समाजको आयोजनामा माल्टामा मनाइयो बुद्धजयन्ती

    माल्टा- युरोपेली मुलुक माल्टामा २५६८ ओैं बुद्ध जयन्ती भव्य रुपमा मनाइएको छ। तामाङ समाज माल्टाको आयोजनामा एमसिदा स्थित नमस्ते रेस्टुरेन्टमा बिहीबार विविध कार्यक्रम सहित बुद्ध जयन्ती मनाइएको हो। कार्यक्रममा समाजका कोषाध्यक्ष पासाङ रुम्बा (सगुन) ले लामा मन्त्रबाट बुद्धको विशेष पूजा अर्चना गरेका थिए। पूजाअर्चना पश्चात् प्रसाद वितरण गरिएको थियो।

    कार्यक्रममा समाजका अध्यक्ष सुनिल दोङले मानवीय सुख र शान्तिका लागि बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नुपर्नेमा जोड दिए। बुद्धको ज्ञान, शिक्षा र उपदेशबाट संसारभरका मानवजातीलाई लाभान्वित गराउनका लागि विश्वमाझ प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ।

    समाजका महासचिव अशिम लोप्चनले बुद्ध जयन्तीको महत्वबारे प्रकाश पार्दै आगामी वर्ष पनि भव्य र हर्षोउल्लासका साथ बुद्ध जयन्ती मनाउने जानकारी दिए। कार्यक्रममा समाजका साँस्कृतिक बिभाग प्रमुख छिरिङ तामाङले शुभकामना व्यक्त गरेका थिए।