२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • पत्रकार फुर्पाद्वारा लोबुचे पिकको आरोहण


    काठमाडौँ -पत्रकार फुर्पा शेर्पाले लोबुचे पिकको सफल आरोहण गरेकी छन्।मंगलबार बिहान लोबुचे ६ हजार ११९ मिटर अग्लो लोबुचे पिकको चुचुरोमा पुगेकी हुन्। आरोही शेर्पा कर्पोरेट नेपाल अनलाइनमा आबद्ध छिन्।

    पायोनियर एडभेन्चरको सहयोगमा लोबुचे आरोहण गरेकी शेर्पालाई गाइड नोबु शेर्पाले आरोहणमा साथ दिएका थिए। गत वर्ष उनले रुसमा रहेको युरोपकै सबै भन्दा अग्लोमाउन्ट एल्ब्रसको सफल आरोहण गरेकी थिइन्। पत्रकारिता क्षेत्रमा फुर्पाले विशेष गरि पर्यटन मामिलामा कलम चलाउँदै आएकी छन्।