२०८१ मंसिर ९ गते, आईतवार १९:०३
  • नदि सभ्याताको छुङकिङ शहर देख्दा बुटवल र देउखुरीलाई सम्झें

    बुद्ध जन्मभूमिका पाहुना भनेर चिनमा हामीलाई राम्रो सत्कार गरे



    तुलाराम घर्ती मगर

    छुङकिङ पिपुल्स कंग्रेसको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा गत बैशाखमा हामी चिन तर्फ प्रस्थान गयौं। काठमाडौँबाट हिमालयन एयरलाईन्सबाट कुन्मिङ पुग्यौं। त्यहाँबाट चाइना इस्ट्रन एयरलाइन्स मार्फत छुङकिङ पुगियो। चिनको छुङकिङ शहर ऐतिहासिक महत्वको, विकासित र पर्यटकिय गन्तव्यको रुपमा रहेछ। विगतमा चिन जापान युद्धको बेला कुमिन्ताङ सरकार र तत्कालिन विद्रोही चिनिया कम्युनिष्ट पार्टीबीच सम्झौता भएको ठाउँ योङयाङ ऐतिहासिक र पर्यटकीय दृष्टीले महत्वपूर्ण मानिन्छ।

    सन १९४५ मा जापानसँग चिनको लडाइ भएको थियो। युद्धको क्रममा कुमिन्ताङ र तत्कालिन चिनिया कम्युनिष्ट पार्टीका नेता माओको बिचमा सम्झौता भएको भएको थियो। सम्झौताले नयाँ मोड ल्याइ १९४९ मा क्रान्ति सम्पन्न भयो। सबै मिलेर जापानी साम्राज्यबाद विरुद्ध लडेर चिनलाई बचाएको, देशभक्तीपूर्ण लडाइ लडेको ठाउँ थियो। त्यहाँ रातो ढुंगा रहेछ। माओको हेडक्वाटर पनि हेरियो।

    च्याङ काइ सेक र चाउ एन लाइको हेड क्वाटर पनि देख्न पाइयो। त्यसबेलाका मुख्य मुख्य नेताहरुको हेड क्वाटरलाई उनीहरुले संग्रालय बनाएका छन्। हामीले पनि त्यसरी नै इतिहासको संरक्षण गरेर एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटनको महत्वपूर्ण आकर्षण बनाउन सक्नुपर्छ। इतिहासलाई बेचेर(प्रचारप्रसार र प्रवद्र्धन गरेर) हामीले ठूलो फाइदा लिन सक्छौं।

    ह्वाङहो र याङसी चिनका ठूला नदि हुन्। याङसी नदिले हामी गएको छुङकिङ शहरलाई असाध्यै सुन्दर बनाएको छ। नदि सभ्याताको आधारमा त्यो सहरको विकास भएको छ। याङ्सी नदि र अर्को एउटा नदिको दोभानमा गइयो। नदिको वरिपरि लाइटिङले आकर्षक देखिएको छ। वरिपरि पुरै रेष्टुरेन्ट छ। गज्जबको टाउन प्लानिङ बनेको छ। नदिको वरिपरि अरु केही खेति किसानी भने छैन। तिनाउ किनारको बुटवल र राप्ती किनारको देउखुरीलाई हामीले नदिको सभ्यतामा आधारित शहरको रुपमा विकास गर्न सक्छौं भन्ने मलाई लाग्यो।


    हाम्रा नदि किनारमा सुकुम्बासी र अव्यवस्थीत बसोबास छ। त्यसो नभई नदिको वरिपरि राम्रो टाउन प्लानिङ गर्नुपर्ने रहिछ। नदि ठूलो बग्छ भने बग्न दिनुपर्छ। नदिमा थोरै पानी छ भने ड्याम निर्माण गरेर तलाउ बनाइ पर्यटकीय गन्तव्य बनाउनुपर्छ्। हामीले तिनाउलाई र राप्तीलाई त्यो ढंगले सिंगारेर हामीले पर्यटकीय विकास गर्न सक्छौं।

    छुङकिङ बसाइका क्रममा म सबैभन्दा प्रभावित भएको ठाउँ त्यहाँकोे बुद्ध टेम्पल हो। बुद्ध टेम्पल डाँडामा रहेछ। मन्दिर वरपर सबै पर्यटकीय हिसाबले हेर्न लायक पानी रहेछ। बोटिङ गर्ने व्यवस्था समेत रहेछ। ठूलो नदि त होइन तर माथी पखेराबाट आएको पानी जम्मा गरेर तल ड्याम बनाएर नैनी ताल जस्तै बनाइएको छ। त्यो देख्दा तिनाउ नदिमा पनि हामीले आकर्षक ड्याम बनाउन सक्छौं जस्तो लाग्यो। बुद्ध टेम्पललाई जस्तै सिद्धबाबालाई हामीले सौन्दर्यता प्रदान गर्न सक्छौं।

    बुद्ध टेम्पल भएको ठाउँमा ८ सय मिटर सुरुङ छ । सुरुङ भित्र चारैतिर भित्तामा ठूला–ठूला बुद्धको मूर्ति खोपेर आकर्षक बनाइएको छ। त्यहाँ बुद्धप्रति यती यती धेरै आस्था रहेछ । बुद्धले टेकेको पाइला पनि राखेका छन्। बुद्धको पाइलालाई दुर्लभ मानेर ढोग्ने गर्दछन्। बुद्धलाई जन्मभुमिमा रहेर पनि हामी आँफैले बुद्धलाई चिन्न सकेका रहेनछौं। अब चाँही राम्रोसँग चिन्न सक्नुपर्छ। बुद्धको विचार, योगदान, मानवता र शान्तिकोे सिद्धान्तलाई शान्तिको सिद्धान्तालई हामीले अनुसरण गर्नुपर्छ।
    छुङकिङमा हामीलाई बुद्धको जन्मभूमिबाट आएका पाहुना भनेर राम्रो स्वागत र सत्कार गरे। बुद्ध जन्मथलको नाममा राखेको प्रदेशको स्पीकर आएका छन् उनीहरुबाट सम्मान पाइयो। १५ जनाले एउटै टेबुलमा खाना खाना खायौं। हाम्रो चिन भ्रमणबाट लुम्बिनी प्रदेश सभाको संसद र छुङकिङ पिपुल्स कंग्रेस बीच औपचारिक भेटघाट भइ एक खालको महत्वपूर्ण सम्बन्ध स्थापित भयो।

    छुङकिङ आन्तरिक पर्यटकको आकर्षण रहेछ। चिनीया सरकारले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरेको रहेछ। बाह्य पर्यटक पनि राम्रै आउने रहेछन्। पर्यटक तथा पाहुनाको स्वागत सत्कार असाध्यै राम्रो मानवतालाई झल्कीने खालको थियो। सुरुमा उनीहरुले आफ्नो भाषामा नमस्ते गर्छन्। हामीले पनि नमस्ते फर्कायौं। दोभासे मार्फत हाम्रो संबाद भयो। राजनीतिक भ्रमणका क्रममा संस्थाको उपप्रमुखले स्वागत गर्ने प्रमुखले संस्थाको बारेमा ब्रिफिग गर्ने गर्छन्। उपप्रमुखले नै विदाइ गर्ने प्रचलन रहेछ।
    ७ दिनको बसाईमा मलाई कत्ती पनि असहज अवस्था आएन। उनीहरुले खुवाएर, बोलेर अनि नयाँ–नयाँ ठाउँ देखाएर पनि खुशी पार्ने रहेछन्। त्यहाँको टिपिकल खाना भनेको समुद्री खाना हो। पर्यटकहरु पनि त्यहाँ समूद्री खाना खान जान्छन्। मिठो खानासँगै हेर्न लायक आकर्षक ठाउँ भनेको ऐतिहासिक संग्रालय, त्यहाँको विकास हो।

    चिन बसाइका क्रममा के थाह भयो भने त्यहाँ नागरिक त्यहाँको देशको सरकारको विरुद्ध हुँदैनन्। तर सरकारले पुरै नागरिकलाई स्वतन्त्रता दिएको छ। पैसा कमाउने स्वतन्त्रता छ, घुम्ने स्वतन्त्रता छ, बोल्ने स्वतन्त्रता छ, तर सरकारलाई समर्थन चाँही गर्नुपर्छ। चिनियाहरु राज्यको नियन्त्रणमा छन् भनिन्छ, त्यस्तो नियन्त्रणमा होइन रहेछ। जनताप्रति चिनिया सरकार उत्तरदायी छ, सरकारप्रति पनि जनता उत्तरदायी छन्। एक अर्काप्रति उत्तरदायी भएकाले त्यहाँ सामाजिक र राजनीतिक कुनै प्रकारको द्वन्द हुँदैन। यसले गर्दा जनता र सरकारबीच सम्बन्ध सुमधुर रहेछ।

    त्यहाँ नेतृत्वप्रतिको नागरिकको विश्वास छ। सामान्य चिया बेच्नेले वा निम्न बर्गले पनि राष्ट्रपति सि चिनफिङ प्रति आस्था राख्छन्। सि चिन फिङले लगाएको टिसर्ट हो, सि चिन फिङले खाएको चिया हो। उपयोग गरेको चिज हो भनेर सिधै राष्ट्रपतिसँग नागरिकको विश्वास जोडिने रहेछ। नेपालमा हामी जे कुरामा पनि सरकारलाई गाली गर्छौं। सरकारलाई सरापेर, धारे हात लगाएर राज्यले केही गरेन भनेर आफूहरु पानी माथिको ओभानो हुन खोज्छौं। त्यो राम्रो होइन। जुन सरकार आएपनि राज्यप्रति विश्वास गर्नुपर्छ। राज्यको अस्तित्वप्रति स्विकार गर्नुपर्छ। देशमा अस्थिरता छ, यो अस्थिरता पनि हुन हुन्न।
    चिन बुद्ध धर्मलम्बीहरुको बाहुल्य भएको देश हो। बुद्ध जन्मस्थल लुम्बिनीमा हामीले धेरै चिनियाहरु भित्राउन सक्छौं। तर जति भित्राउन पर्ने हो त्यती सकेका छैनौं। त्यसको लागि हामीले अन्तर्राष्ट्रिय कुटनीतिलाई करेक्सन गर्नुपर्छ। नेपालको नीति र नेतृत्वको धारणा नै परिवर्तन गर्नुपर्छ।

    (कुराकानीमा आधारित)