२०८१ आश्विन २१ गते, सोमबार १०:५८
  • बुटवलमा साना तथा मझौला होटल व्यवस्थापन तालिम सुरु

    बुटवल-बुटवलमा साना तथा मझौला होटल व्यवस्थापन तालिम सुरु भएको छ। पर्यटन परिषद लुम्बिनीको आयोजना तथा होटल तथा रेष्टुरेन्ट व्यवासायी संघ रुपन्देहीको सहकार्यमा सञ्चालीत तालिम असार १ गतेसम्म सञ्चालन हुने छ।

    तालिमको शुभारम्भ गर्दै पर्यटन परिषद लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले होटलमा आएका पाहुना र पर्यटकहरुलाई रुपन्देही भित्रका पर्यटकीय गन्तव्यहरु बारे जानकारी दिनुपर्ने बताए। उनले होटलको रिसेप्सनहरुमा पर्यटकीय स्थलहरुको फोटो र परिचय राख्न पनि आग्रह गरे। होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष हिराध्वज शाहले लुम्बिनी भरका पर्यटकीय स्थललाई समेटेर प्रचार प्रसार गर्नुपर्ने बताए।

    तालिममा ४० जना व्यवासायीहरु सहभागी भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए।