२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • जितगढी नजिक आरती केन्द्र बनाउन ३ करोड, पर्यटनतर्फ कुनमा कति बजेट


    बुटवल-बुटवल उपमहानगरपालिले जितगढी नजिक तिनाउ किनारमा आरती केन्द्र निर्माणको लागि ३ करोड रुपैया बजेट विनियोजन गरेको छ। उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले तिनाउ किनारमा देवभुमी आरती केन्द्र बनाउनको लागि बजेट विनियोजन गरेको जानकारी दिइन्।

    आइतबार सार्वजनिक भएको बजेटमा बुटवलदेखी नुवाकोट जाने पैदल मार्ग निर्माणको लागि १ करोड रुपैया विनियोजन उल्लेख छ। पैदल मार्गमा शिव मुर्ति निर्माणका लागि थप १ करोड छुट्याइएको छ। हिलपार्कमा बुद्ध मूर्ति निर्माणको लागि एक करोड, बुटवल भ्रमण वर्षको लागि पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न ५० लाख विनियोजन गरिएको छ उपप्रमुख अयालले जानकारी दिइन। जिगतगढी, मणिमुकुन्द सेनको सितकालिन दरबार, रामापिथेकस पार्क, जितगढी युद्ध सग्रालयलाई नगर गौरव सम्पदाको रुपमा प्रवद्र्धन गर्न बजेट छुट्याइएको उनले बताइन् ।

    बुटवलदेखि लुम्बिनी, मुक्तीनाथ, बाँके बर्दिया आसपासका पर्यटकीय स्थलहरु जोड्न र बुटवल चितवन पोखरा त्रिकोण पर्यटकीय गन्तव्यको लागि आवश्यक बजेटको प्रबन्ध गरिएको उपमहानगरले जनाएको छ। रात्रीकालिन बजार सञ्चालन, रात्रीकालिन बजारमा सांस्कृतिक कार्यक्रम सञ्चालनको लागि प्रोत्साहन गर्न पर्याप्त रकम व्यवस्था गरेको उपमहानगरको बजेटमा उल्लेख छ। पर्यटन व्यवसायीको प्रोत्साहन तथा प्रबन्धको लागि पनि बजेट छुट्याइएको उपप्रमुख अर्यालले जानकारी दिइन्।