२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेबाट जंगल सफारी बन्द हुने

    चितवन-चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेबाट जंगल सफारी बन्द हुने भएको छ। निकुञ्ज कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मको लागि बन्द गर्न लागिएकोे जनाएको छ। बर्षायामको कारण पर्यटकहरुलाई असहजता सिर्जना हुन सक्ने भएकाले सफारी बन्द गरिएको निकुञ्जले जनाएको छ।

    निकुञ्जमा अधिकांस बन्यजन्तु तथा चराचुरुंगीहरुको प्रजननको लागि वर्षायाम उपयुक्त समय हो। साथै यस अवधिमा निकुञ्ज भित्रका कच्ची बनपथहरु विग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा भलबाढी आउने रुख लडेर बाटो अवरुद्ध हुने जस्तो कारणले गर्दा पर्यटकलाई असहजता सिर्जना हुन सक्ने भएकाले बन्यजन्तुको संरक्षण, बासस्थानको पुनरुत्थान र पर्यटकहरुको सुरक्षालाई मध्यनजर गर्दै जंगल सफारी बन्द गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बताए।