२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • बद्री पाण्डे बने पर्यटन मन्त्री

    काठमाडौँ -बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्नयमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहण गरेका छन्।

    नेपाली कांग्रेसका सहमहामन्त्री रहेका पाण्डे २०७९ को निर्वाचनमा बाजुरा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। राष्टपति रामचन्द्र पौडेललाई केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। ओलीसँगै २१ जना मन्त्रीले सोमबार सपथग्रहण गरेका हुन्।