२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • मिस माल्टासहितको टोलीलाई पर्यटन मन्त्रालयमा स्वागत

    काठमाडौँ -मिस माल्टा चेरिस स्पिटेरी सहितको टोलीलाई संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा स्वागत गरिएको छ। चेरिस स्पिटेरीसहित मिस टुरिजम माल्टा एलेक्सिया कटाजर, मिस टप मोडल माल्टा कारोलिना बोर्डियन, मिस माल्टा संगठन निर्देशक कर्स्टन बोर्ग, क्याटवाक ट्रेनर सुजित बस्याल, मिस माल्टाकी मंगेतर डेनियल जम्मितलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले स्वागत गरेका हुन्।

    सो अवसरमा माल्टाका लागि नेपालका पर्यटन प्रवद्र्धक प्रकाश भण्डारी, माल्टा–नेपाल फ्रेन्डसिप एसोसिएसनका उपाध्यक्ष तथा वेल्सका पर्यटन प्रवद्र्धक सोम सापकोटा, एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालको पनि उपस्थिती रहेको थियो।
    पर्यटनमन्त्री पाण्डेले यो भ्रमणबाट नेपाल र माल्टाबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउनुका साथै दुई देशबीचको जन–जनताको सम्बन्ध र सहयोगलाई प्रगाढ बनाउन सघाउ पुयाउने उल्लेख गरे।

    उनले दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता उजागर गर्दै पोखरा र चितवन जस्ता प्रमुख गन्तव्यको भ्रणम गर्न मिस माल्टा सहितको टोलीलाई आग्रह गरे। पाण्डेलेले माल्टामा हिमालको अभाव भए पनि नेपालको मनोरम परिदृश्यले अनौठो अनुभव दिने बताए।मिस माल्टा चेरिस स्पीटेरीले नेपालमा न्यानो स्वागत पाएको बताइन्। उनले नेपालको सौन्दर्यमा सोचेभन्दा बढी भएको टिप्पणी उल्लेख गरिन्।

    मिस माल्टा टोली नेपालको सात दिने भ्रमणमा रहेको छ, जसमा उनीहरुले विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्ने, सामाजिक कार्यमा संलग्न हुने, गैरसरकारी संस्थालाई सहयोग गर्ने र सरकारी निकाय र पर्यटन बोर्डसँग भेटघाट गर्ने कार्यक्रम छ। उनीहरूले माल्टा र नेपालबीचको सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनका लागि आफ्ना गतिविधिहरू पनि दस्तावेज गर्ने माल्टा–नेपाल फ्रेन्डसिप एसोसिएसनका उपाध्यक्ष तथा पर्यटन प्रवद्र्धक सोम सापकोटाले बताए ।