२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • राष्ट्रिय ध्वजावहाक गर्व गर्न लायक बनाउन मन्त्री पाण्डेको निर्देशन

    काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायु सेवा निगमका पदाधिकारीहरुसँग छलफल गरेका छन्। शुक्रबार मन्त्रालयमा निगमको सुधारका सम्बन्धमा छलफल गरेका हुन्। छलफलमा मन्त्री पाण्डेले राष्ट्रिय ध्वजा वहाक जहाजलाई नेपालीहरूले गर्व गर्न लायक बनाउन निर्देशन दिनु दिए। ,राष्ट्रिय ध्वजा वहाक विमान आम नेपाली जनताको गर्व गर्न लायक सम्पति बन्न पर्छ। त्यसका लागि निगमले जिम्मेवार भएर काम गर्नु पर्यो। उनले भने काम गर्दा कहिँ कतै नीतिगत कठिनाइ भएमा मन्त्रालय सदैव सहयोग गर्न तयार छ। नेपाल वायु सेवा निगमलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा उनले गम्भीरता पूर्वक छलफल गरेका थिए।

    आन्तरिक छलफलमा ग्राउन्डेड भएका सिचेकका लागि ईटलि पठाएको न्यारो बडीका विषयमा समेत जानकारी मन्त्री पाण्डेले जानकारी लिएका थिए। साथै उनले छिट्टै चाडपर्व नजिक आईरहेको अवस्थामा टुईनेटर विमानको यथाशिघ्र मर्म र सम्भार गर्दै दुर्गम क्षेत्रमा सेवा दिन निर्देशन दिए।

    मन्त्री पाण्डेले नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने प्रवृत्तिको अन्त्य गर्न भन्दै निगमका विभिन्न अन्तर्राष्ट्रिय उडान भर्ने सम्भावनाका विषयमा समेत छलफल गरेका थिए।