२०८१ आश्विन २१ गते, सोमबार १३:०७
  • लुम्बिनीमा विहार सञ्चालनको लागि कार्यविधि बनाइने

    लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीमा विहार सञ्चालनको लागि कार्यविधि बन्ने भएको छ। लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघबीच बुधबार भएको बैठकले कार्यविधि बनाउने निर्णय गरेको हो।

    कार्यविधि बनाउन ९ सदस्यीय कार्यदल बनाइने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए। जसमा लुम्बिनी विकास कोष, लुम्बिनी होटल संघ, लुम्बिनी गुरुयोजना भित्रका विहार गुम्बाहरुको समिति, लुम्बिनी बुद्ध धर्म संरक्षण समिति, जिल्ला प्रशासन कार्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रतिनिधि रहने छन्।

    लुम्बिनी विकास कोष क्षेत्रभित्र रहेका गुम्बा र बिहारमा होटल व्यवसाय सञ्चालन गरिएको भन्दै लुम्बिनीका होटल व्यवसायीहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । उनीहरुले बिहार र गुम्बाले होटलहरुसँग प्रतिष्पर्धा गर्दै पर्यटक राख्दा होटल व्यवसाय संकटमा परेको गुनासो गरेका थिए ।