२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • लुम्बिनी भ्रमण वर्ष मनाउन होटल व्यवसायी महासंघको प्रदेश सरकारलाई आग्रह

    बुटवल -होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिले २०२४/ ०२५ लाई लुम्बिनी भ्रमण वर्ष मनाउन आग्रह गरेको छ। महासंघले शनिबार बुटवलमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउदै पर्यटन क्षेत्रलाई लयमा फर्काउनको लागि भ्रमण वर्ष मनाउने गरी कार्ययोजना निर्माण गर्न आग्रह गरेको हो।

    महासंघ लुम्बिनीका अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा ७ बुँदे ज्ञापनपत्र बुझाउदै प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरुको पहिचान गरी त्यसलाई संरक्षण र प्रचारप्रसार गरी आवश्यक बजेट मिलाउन आग्रह गरिएको छ। भैरहवास्थित विमानस्थल र बुटवलका सभाहल सञ्चालनमा ल्याउने पहल, होटल व्यवसायीका क्षमता अभिवृद्धि गर्न बजेट बिनियोजन गर्न माग समेत गरिएको अध्यक्ष श्रेष्ठले बताए। पर्यटन सम्बन्धी नीति नियम निर्माण गर्दा सस्थाको सहभागिता, र सरकारले पर्यटनसँग सम्बन्धित कार्यलय वा निकायहरुमा समेत संस्थाको उपस्थितिको माग गरेको छ।

    ज्ञापनपत्र बुझदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारबाट होटलव्यवसायीसँग खेल्ने भूमिकामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। मुख्यमन्त्री आचार्यले भने, ‘अब व्यवसायी निरासा हुनुपर्ने कारण छैन, विमानस्थल सञ्चालनमा आउदै छ। बुटवलमा गौरवको आयोजनाको रुपमा हस्टिल बन्दै छ। यसले यस क्षेत्रलाई चलायमान बनाउछ ।’