२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

    काठमाडौं –  नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन्। पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले जाेशीलाई सीईओ नियुक्त गरेको हो।

    बाेर्डकाे सीईओकाे लागि २० जना खुला प्रतिस्पर्धामा सहभागी थिए। जसमध्ये निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए।
    रेग्मी भन्दा एक कार्यकाल अघि जाेशी सीईओको जिम्मेवारी पूरा गरेका थिए। जोशी अबको चार वर्षका लागि सीईओ नियुक्त भएका हुन्।