२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • असोज १२ गते ‘नेपाल एडभेन्चर एक्स्पो’ हुँदै

    काठमाडौं -यही असोज १२ गते अर्थात सेप्टेम्बर २८ मा काठमाडौँमा नेपाल एडभेन्चर एक्स्पो’ हुने भएको छ। एआर भेन्चर्सको आयोजनामा शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नागपोखरीस्थित अरण्य बुटिक होटलमा एक्स्पो आयोजना हुने कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाले जानकारी दिए।

    पहिलो संस्करणको सफलतापछि यो पटक एक्स्पोको दोस्रो संस्करण पनि आयोजना गर्न लागिएको उनले बताए। कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवद्र्धन गर्नेछ भने इन्टरनेट पार्टनरमा क्लासिटेक, भेन्यु पार्टनरमा अरण्य बुटिक होटेल र डिजाइन पार्टनरमा सत्य मिडिया कोलेभोरेटिभ रहेका छ।

    यसअघि ‘नेपाल एडभेन्चर एक्स्पो’ को पहिलो संस्करण दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको शेपाले बताए। ‘नेपालको भौतिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यको प्रवद्र्धन, पद–यात्रा, ट्रेकिंङ्ग, हिमाल आरोहण र विभिन्न साहसिक पर्यटकीय गतिविधिहरूमा प्रयोग हुने स्वदेशी तथा विदेशी ब्रान्डका सामानहरूको प्रदर्शन, किनमेल र नेपालीहरूलाई साहसिक पर्यटन गतिविधिहरूमा प्रोत्साहित गर्ने उद्देश्यसहित हामीले गत वर्ष नै नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना गरेका थियौं, उनले भने ‘पहिलो संस्करण राम्रो भएकोले पनि दोश्रो संस्करण आयोजना गर्न अझ हौसला मिलेको छ। यो पटकको कार्यक्रम पनि भव्य सफलतापूर्वक सम्पन्न हुने विश्वास छ ।’

    यस पटकको एक्स्पोमा पनि एक सय भन्दा ब्रान्डका ५० वटा स्टलसहरु राखिने छ। पहिलो संस्करणमा ५० वटा प्रदर्शकहरू राखिएको थियो। सो कार्यक्रममा दुई हजार पाँच सय भन्दा बढी नेपाली व्यवसायी, ग्राहक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूले एक्सपोको भ्रमण गरेको शेपाले जानकारी दिए ।

    एक्स्पोमा पिक प्रमोसन ट्रेडिंग, हिमालयन सिङ्गल ट्रर्याक, स्विचव्याक नेपाल, इनिसियाटीभ आउटडोर, एक्सटेर्र नेपाल, द लस्ट रिसोर्ट, हाइग्राउन्ड एड्भेन्चर, बलुन नेपाल, एपिक माउन्टेन बाइक, बि.एण्ड बि.अस्पताल, द बाइक फर्म, फलयिङग वन्डरस प्यारागलाइडिंग स्कुल, हुम्टो, ग्रभिटी नेपाल, पोखरा एण्डुरो, हिमालयन मेडिक्स, द नर्थ फेस, आरोहण, काठमाडौँ बाइक स्टेसन, हिरो मोटो कर्प नेपाल, लुक्ला आउटडोर, सत्य मिडिया कलेक्टिभ, शान्त नेपाली प्रडक्शन, डुलुवा आउटडोर्स, हिमालयन एभरेस्ट इन्सुरेन्स, स्योसल टुर्स, ल्युमिन एण्ड नेपाल, स्न्याक अन नेपाल, श्रेडर्स, ट्रेलमन्डु, नेपाल ट्रेल सिरिज, नोभेल्टिज इन्टरनेशनल, एड्भेंजी, सप्लाई सप्पोर्ट, आशस हेल्थ केर, गेको गेयर, द पम्प, क्लकवर्क ट्रेल्स, हाइटेड नेपाल, ८८५० मिडिया लगायतको स्टलहरू राखिने उनले जानकारी दिए।

    यस पटक पनि साढे दुई हजार बढीलाई एक्स्पो भ्रमण गराउने योजना रहेको शेर्पाले बताए। एक्स्पोमा ५० देखि एक सय वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको स्टल राखिने छ । साथै एक्स्पोमा राखेका विभिन्न ब्रान्डले आफ्नो ब्रान्डलाई अन्वेषण गर्ने प्लेटफर्म पाउने उनले जानकारी दिए।

    एक्स्पोमा पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्वहरूबाट अनुभवका कथा, यात्राको बारेमा कार्यशाला र साहसिक पर्यटन सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने अजय नरसिंह राणाले जानकारी दिए।‘एक दशकभन्दा बढी समयदेखि साहसिक र खेलकुद कार्यक्रमहरू आयोजना गर्नमा विशेषज्ञता हासिल गरिसकेपछि, आफूहरुले २०२१ मा नेपाल बाइसाइकल एक्स्पो सुरु गरेको उनले बताए। ‘यो अनौठो एक्स्पो नेपाली साइकल उद्योग भित्रका निर्माता, वितरक र सेवा प्रदायकहरूका लागि विशेष प्लेटफर्मको रूपमा रहेको छ राणाले भने पहिलो दुई संस्करणको सफलताले हामीलाई हाम्रो क्षितिज विस्तार गर्न र बाहिरी साहसिक दृश्यको लागि अर्को कार्यक्रमको आयोजना गर्न प्रेरित गराएको हो ।’

    नेपाल एडभेन्चर एक्स्पो साहसिक, बाहिरी सौन्दर्य प्रेमी, यात्री र उद्योग व्यवसायीहरूलाई आकर्षित गर्ने कार्यक्रम रहेको राणाले बताए। ‘साहसिक खेलहरू, यात्राका गन्तव्यहरू, क्याम्पिङ गियर, आउटडोर उपकरणहरू, चरम खेलहरू, एक्सट्रिम स्पोर्टस र वेलनेससँग सम्बन्धित नवीनतम र सबैभन्दा राम्रो उत्पादनहरू, सेवाहरू, र अनुभवहरू प्रस्तुत गर्न यो एक विशेष कार्यक्रम हो ।’ उनले भने।
    नेपालीहरूको महान पर्व दशैं र तिहारको बिदा अक्टोबरमा सुरु भएसँगै अहिले धेरै नेपालीहरूले विभिन्न यात्रामा बिदा मनाउन यो समय रोज्न थालेका छन्। यस अवधिमा ग्राहकहरूले आउटडोर गतिविधिहरूको लागि र आफ्नो गन्तव्य, कपडा, सामान र अन्य सम्बन्धित सामाग्रीहरू सबै एकै ठाउँमा पाउने सकिने र सहज हुने कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाको भनाइ छ।