२०८१ आश्विन २१ गते, सोमबार १९:२३
  • होटल पौवाले बडादसैंको अवसरमा सरायँनाच प्रदर्शन गर्ने

    बुटवल -रुपन्देहीको तिलोत्तमा ३ योगिकुटीमा रहेको होटल पौवाले बडा दसैंको अवसरमा सरायँनाच प्रस्तुत गर्ने भएको छ। विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको पौवाले कात्र्तिक २ गते सरायँनाच आयोजना गर्न लागेको हो। देवीशक्तीले दानव शक्तीर्ला पराजित गरेको खुशीमा गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका जिल्लामा सरायँ नाचिने परम्परा छ।

    नयाँ पुस्तालाई मौलिक परम्परा र संस्कृती बारे जानकारी गराउने उदेश्यले सरायँ नाच प्रदेर्शन गर्न लागिएको होटल पौवाका ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यस वर्ष गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगाको टोलीद्वारा सराय नाच प्रस्तुत गरिने उनले जानकारी दिए। विगतमा पौवाले गरेका पर्व विशेष कार्यक्रममा ठूलो संख्यामा सहभागी हुने गरेको भन्दै भण्डारीले यस पटक पनि १५ हजार बढिलाई स्वागत गर्ने गरि कार्यक्रमको तयारी गरिएको उल्लेख गरे।

    सराय नाचसँगै विभिन्न नेपाली परम्पराका परिकारहरु समेत कार्यक्रममा राखीने होटल पौवाका महाप्रबन्धक प्रकाश पाठकले बताए। नचमा सहभागी हुन आउनेले सेलरोटी, चुकौनी, गुन्द्रुकको अचार, काक्राको अचार लगायतका कम्तिमा ५० रुपैयाँदेखिका परिकारहरुको स्वाद दर्शकले लिन पाउने उनले जानकारी दिए। विभिन्न परिकारका २० बढी स्टलहरुसहित आयोजना गरिने सरायँ नाच प्रस्तुतीमा भने प्रवेश निःशुल्क रहने छ।

    होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा आफ्ना विभिन्न ७ वटा शाखामा लिङ्गे पिङ राखेर अतिथीहरुलाई मनोरञ्जन समेत प्रदान गर्दै आएको छ। नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङ लगायत ७ वटा शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको प्रवन्धक पाठकले जानकारी दिए।

    ‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’–भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ। हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ।

    छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन्।

    यसैगरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार गरी शिघ्र संचालनको तयारीमा रहेको छ। ‘नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं।’ ब्राण्ड प्रमुख भण्डारीले भने।