२०८१ कार्तिक ३० गते, शुक्रबार १२:४५
  • भैरहवाबाट उडान गर्ने सर्तमा थाइ एयर एशियाको निलम्बन फुकुवा

    कात्तिक १८ बाट उडान गर्नेगरि पायो अनुमती



    भैरहवा – भैरहवाबाट उडान भर्ने सर्तमा थाइ एयर एशियाको निलम्बन फुकुवा भएको छ। उसले नोभेम्बर ३ अर्थात कात्र्तिक १८ गतेबाट भैरहवामा २ उडान गर्ने गरि नेपाल नागरिक उड्यन प्राधिकरणमा उडान तालिका पेश गरेको थियो। जस अनुसार प्राधिकरणले काठमाडौंको राकिएको सड्युल फुकुवा गरेको हो। भैरहवाबाट उडान सुरु गरेपछि मात्र उसले काठमाडौं उडान भर्न पाउने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए। ‘काठमाडौ र भैरहवाको उडान संगसँगै हुनुपर्छ। एप्रुभ सेड्युल अनुसार भैरहवाको उडान रोकिएमा काठमाडौँको पनि उडान रोकिन्छ।’ उनले भने ‘त्यो सर्तमा हामीले रोकिएको सेड्युल फुकुवा गरेका छौं।’

    विन्टर सेड्युलमा थाइ एयर एशीयाले बैंकक भैरहवा २ र बैंकक काठमाडौँ ४ उडानको अनुमती पाएको छ। भैरहवाको लागि नोभेम्बर ३ देखी ८ तारिखसम्म आइतबार र शुक्रबार उडान भर्ने छ। नोभेम्बर ९ देखी मार्च ३१ सम्म सोमबार र विहिवार उडान हुने नागरिक उड्यन प्राधिकरणले जनाएको छ। एयर थाइ एशियाको जहाज दिउसो सवा १२ बजे भैरहवा आएर सवा १ बजे थाइल्याण्डको बैंकक प्रस्थान गर्ने छ। बैंकक काठमाडौँको भने आइतबार, सोमबार बुधबार र शुक्रबार उडान हुने छ। एयर थाइ एशियाले दुबै ठाउँमा सँगै उडान गर्नुपर्ने प्राधिकरणका प्रवक्ता भुलले जानकारी दिए। ‘काठमाडौँ र भैरहवामा अब सँगसँगै उडान गर्नुपर्छ। भैरहवाको उडान रोकियो भने काठमााडैंको पनि उडान रोकिन्छ।’ उनले भने ।

    गत आइतबार विन्टर सेड्युल अन्तर्गतको अनुमती विना नै थाइ एयर एशियाको जहाज यात्रुसहित बैंककबाट काठमाडौँ आएको थियो। त्यसपछि सो जहाजलाई प्राधिकरणले उडान निलम्बन गरेको थियो। भैरहवाबाट सिधा उडान गर्ने सर्तमा काठमाडौँबाट समेत अहिले उडान अनुमती पाएको हो। “उसले स्पष्टीकरण पेश गर्यो । माफी मागेर पछि थाइएयर एशियालाई उडानको अनुमती दिएका हौं।” प्राधिकरणका सहप्रवक्ता भुलले भने।