२०८३ जेष्ठ २६ गते, मंगलवार ०४:५९
  • यती एयरलाइन्सले मंगलबारबाट भैरहवा–पोखरा उडान गर्ने

     

    भैरहवा – यती एयरलाइन्सले मंगलबारबाट भैरहवा–पोखरा उडान गर्ने भएको छ । अब दैनिक रुपमा भैरहवा पोखरा भैरहवा उडान हुने छ।

    विहान ११ : ५ मा जहाज भैरहवाबाट पोखरा प्रस्थान गर्ने छ। ११ : ४५ मा यतीको जहाज पोखराबाट भैरहवा आउने छ।  हाललाई एकतर्फी हवाई भाडा दुई हजार पाँच सय रहेको एयरलाइन्सले जनाएको छ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरू गरेको कम्पनीको भनाइ छ।