२०८१ आश्विन २१ गते, सोमबार १३:०९
  • बुटवलको जितगढी किल्लाबाट पाल्पाको रानीमहलसम्म साइकिल यात्रा

    बुटवल -राईड टु रानीमहल सिजन ३ अन्तर्गत बुटवलको जितगढी किल्लाबाट साइकिल यात्रा भएको छ । जिल्ला साईकिलिङ संघ रुपन्देहीको आयोजनामा जितगढी किल्लादेखि सुरु भएको साइकिलयात्रा पाल्पाको ऐतिहासिक स्थल रानीमहलसम्म पुगेको छ । आज विहान साइकिल यात्राको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकूदको माध्यमबाट यस क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने काम भएकाले खेलकूद परिषदको आवश्यक सहयोग र समर्थन रहने बताए। जिल्ला खेलकूद बिकास समिति रुपन्देही अध्यक्ष हरि क्षेत्रीले पर्यटनसँग जोडेर हुन लागेको कार्यक्रम सफल बनाउन आवश्यक रहेको उल्लेख गरे ।

    साईकल चलाऔ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौ भन्ने नाराका साथ राईड टु रानिमहल कार्यक्रम आयोजना गरिएको जिल्ला साईकिल संघ रुपन्देही अध्यक्ष पुकार थापाले जानकारी दिए ।काठमाडौ, लमजुङ, हेटौडा, धरान, बाके, दाङ, रुपन्देही लगायतका जिल्लाबाट १२० बढी साईक्लिस्टहरुको सहभागीता रहेका छन्।

    बुटवलको जितगढीबाट सुरु भएको यात्रा सिद्धार्थ राजमार्ग हुँदै ऐतिहासिक तथा पर्यटकीय स्थल पाल्पाको तानसेनमा पुगेर नगर परिक्रमा गर्दै रानीमलतर्फ पुगेको हो । रानीमहलको एक रात बसाईपछि पुन बुटवलमै आएर यात्राको समापन हुनेछ ।