२०८१ आश्विन २१ गते, सोमबार १३:०९
  • महालेखा भन्छ : बृहत्तर लुम्बिनी गुरुयोजना तयार गरी पर्यटकिय विकास अघि बढाउ

    काठमाडौँ -बुद्धजन्मस्थल लुम्बिनीसँगै तिलोराकोट, देवदह, रामग्रामलाई समेटेर बृहत लुम्बिनी एकिकृत गुरुोजना तर्जुमाका चर्चा भइरहेका छन् । तर गुरुयोजनाको काम अघि बढेको छैन । गुरुयोजना तर्जुमा नभएको प्रति महालेखा परिक्षकको कार्यलयले प्रश्न उठाएको छ ।
    उसले गुरुयोजना तयार गरि पर्यटकिय विकासका काम अघि बढाउन भनेको छ । ‘लुम्बिनी क्षेत्रको एकिकृत बृहत्तर गुरुयोजना तयार गरी लुम्बिनी क्षेत्र भित्र देखा परेका वातावरणिय जोखिम न्युनिकरण, ग्रामिण पर्यटनको प्रवद्र्धन, नजिकैका ताल तलैयाको सौन्दर्यकरण, पर्यटकिय गतिविधि सञ्चालन मेडिटेसन खोज अनुसन्धानको दायरा बृद्धि, रात्रिकालिन आरती, बुद्धको विशाल मुर्ति, वातावरण अनुकुल सवारी, पर्यटन भुलाउने खेल, मनोरञ्जन क्रियाकलाप लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।