
लुम्बिनी – लुम्बिनीमा २५६९ बुद्ध जयन्ती समाराेह सुरू भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओेलीले समाराेहकाे उद्घाटन गरे। समाराेहमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, मुख्यमन्त्री चेतनारायण आचार्य, संघिय तथा प्रदेश सांसद, विदेशी नियाेगका प्रतिनिधिहरू सहभागी छन्। समाराेह अघि मायादेवी मन्दिरबाट शाेभायात्रा निकालिएको थियाे।

