२०८२ जेष्ठ ९ गते, बिहीबार २०:०२
  • प्रदेश सरकारले लुम्बिनी विकास प्राधिकरण गठन गर्ने

    देउखुरी – लुम्बिनी प्रदेश सरकारले लुम्बिनी विकास प्राधिकरण गठन गर्ने भएको छ। सोमबार प्रदेश सभामा प्रस्तुत भएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढाइने उल्लेख छ।

    लुम्बिनीको इतिहास र बुद्ध दर्शन सम्बन्धी विषयको आधिकारिक सूचना सम्प्रेषण एवं लुम्बिनी क्षेत्रको विकास व्यवस्थापन सम्बन्धी कार्य समन्वयात्मक रुपमा अघि बढाउन प्राधिकरण गठन गरिने नीति कार्यक्रममा भनिएको छ। प्राधिकरणमा लुम्बिनी सर्किटमा पर्ने स्थानिय तह र सम्बद्ध निकायको सहभागीता हुने छ।

    नीति तथा कार्यक्रम बाचन गर्नुभएका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिले प्रदेशको बैभवको रुपमा बुद्ध जन्मस्थल लुम्बिनी रहेको बताए। लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन एवं लुम्बिनीको समग्र विकासमा प्रदेश सरकारको भूमिका, अपनवत्व तथा सहभागीता बृद्धि गर्न आवश्यक देखिएको निती कार्यक्रम मार्फत प्रदेश सरकारले बताएको छ।