२०८२ फाल्गुन २३ गते, शनिबार १४:०९
  • भैरहवामा पुन: उडानको लागि थाइ एयर एशियाको टिकट बुकिङ खुल्ला

    कात्तिक ९ गतेबाट बैंकक-भैरहवा उडान हुने

    भैरहवा-थाई एयर एशियाले भैरहवामा पुन: उडान गर्नको लागि टिकट बुकिङ खुल्ला गरेको छ। कात्तिक ९ गतेबाट उडान सुरु गर्ने गरि उसले नागरिक उड्यन प्राधिकरणसँग अनुमती लिएको छ।

    आइतबार र बुधबार सातामा दुई पटक बैंकक-भैरहवा-बैंकक उडान गर्ने गरि थाइ एयर एशियालाई अनुमती प्रदान गरिएको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बुद्ध परिपथलाई जानकारी दिए। तालिका अनुसार दिउसो सवा १२ बजे एयर एशियाको जहाज भैरहवा आउने छ। सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने छ।

    भैरहवाबाट उडान सुरु गर्न टिकट बुकिङ खुल्ला गरेको थाइ एयर एशियाका सेल्स मेनेजर सागर चित्रकारले बताए। गत वर्ष विन्टर सेड्युलमा थाइ एयर एशियाले भैरहवामा उडान गरेको थियो। तर चैत्रबाट उडान रोकिएको थियो। कात्तिकबाट फेरी उडान सुरु गर्न लागेको हो।