२०८२ फाल्गुन २३ गते, शनिबार १४:०९
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि विरोध भन्दा सहजिकरण र सहकार्य आवश्यक : पर्यटनमन्त्री

    भैरहवा -संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि विरोध भन्दा पनि सहजिकरण र सहकार्य आवश्यक भएको बताएका छन्। सिद्धार्थ उद्योग बाणिज्य संघले शनिवार भैरहवामा आयोजना गरेको कार्यक्रममा संघर्ष समितिलाई सहजिकरण समिति बनाउन आग्रह गरे। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि सिद्धार्थ नगरपालिकाका नगरप्रमुखको संयोजकत्वमा बनाइएको थियो। तर संघर्ष र विरोध भन्दा सहजिकरण र सहकार्य जरुरी रहेको भन्ने कुरा लुम्बिनीबासीले बुझ्नुपर्ने पाण्डेको भनाइ छ।
    भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि पर्यटन मन्त्रालयले काम गरिरहेको उनले बताए। गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनका लागि पर्यटन मन्त्रीको चाहानाले मात्र सम्भव नहुने भन्दै सवैपक्षको सहयोग र सहकार्य हुनुपर्ने पाण्डेको भनाइ छ।
    सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन नहुदा यो क्षेत्रका उद्योगी व्यवसायी संकटमा परेको बताए। उनले सुनको कचौरा भएको क्षेत्रले चम्चामा भिख मागेको उनले तर्क गरे।
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापवावु तिवारीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा विभिन्न समस्या श्रृजना भएको बताए। यहाँबाट भिसा, श्रमस्वीकृती, म्यानपावर र मान्यता प्राप्त भएका स्वास्थ्य संस्थाहरु नहुदा नियमित अन्तर्राष्ट्रिय उडान हुननसकेको उनको भनाइ छ।
    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउदा पर्यटन क्षेत्र संगै अन्य व्यवसायी पनि धरासायी भएको बताए।
    नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले यो विमानस्थल संचालन नहुनु कुलिङ पिरियडमा जस्तै कर्मचारीको बदमासी भएको हो की भन्ने प्रश्न गरे।
    सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चान संगै लुम्बिनीबासीको भविष्य जोडिएको बताए। विमानस्थल नचल्दा यहाँको पर्यटनक्षेत्र धरासायी भएका बताउदै निर्माणाधिन होटलहरुमा बैंकहरुले लगानी गर्न डराएको सुनाए।
    पर्यटन व्यवसायी संजिव जोशीले सरकारले चाहेमा यो विमानस्थल संञ्चालनमा कुनै समस्या नरहेको भन्दै विमानस्थल संञ्चालमा नेपाल सरकारको नै रुचि कम रहेका कारण संञ्चालन हुननसकेको बताए।
    पर्यटन व्यवसायी संजय वजिमयले झन्डै तिस लाख पर्यटक ल्याउने क्षमता भएको यो विमानस्थलमा १५ हजार पर्यटक मात्र आउनु सरकारको कमजोरी भएको उल्लेख गरे।
    नाटा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र थापाले पर्यटन मन्त्रीले विगतमा बोलेका कुराहरुलाई पुरा गरेमात्र यो विमानस्थल सञ्चालन हुनसक्ने बताए। विगतमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट संचालन रहेका अन्तराष्ट्रिय उडानलाई रोक्नु दुर्भाग्य भएको उल्लेख गरे।
    सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमममा अन्य सहभागीहरुले अन्तर्राष्ट्रिय विमानस्थलको लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए।