२०८२ फाल्गुन २३ गते, शनिबार १२:३८
  • साथमको ‘बीएचटीएम’ शैक्षिक कार्यक्रम: पढ्दै र सिक्दै कमाउन पनि सकिने

    १२ कक्षा पास भइ पर्यटन क्षेत्रमा भविष्य खोज्नेहरुको लागि

    बुटवल– कक्षा १२ उत्तीर्ण भइ पर्यटन क्षेत्रमा भविश्य खोज्नेहरुका लागि ब्याचलर इन हस्पिटालिटी एण्ड टुरिजम म्यानेजमेन्ट(बीएचटीएम) उपयुक्त शैक्षिक कार्यक्रम हो। लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा सिद्धार्थ एकेडेमी टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट (साथम)ले यो शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। साथम (SATHAM) सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको शैक्षिक सस्था हो। भैरहवाको ५ तारे होटल सिद्धार्थ भिलासा नजिकै साथम कलेज रहेको छ। जहाँ गतवर्ष देखी बीएचटीएम पढाइ हुन थालेको हो।

    चार वर्षे बीएचटीएम अध्ययनका क्रममा विद्यार्थीहरुले हुमन रिसोर्स म्यानेजमेन्ट, मार्केटिङ म्यानेजमेन्ट, फाइनान्स, पर्यटन सम्बन्धी विभिन्न सैद्धान्तिक विषय र होटलका विभिन्न विभाग सम्बन्धी पढाइ र तालिम लिन सक्ने छन्। यहाँ अध्ययनरत विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानसँगै नजिकैको सिद्धार्थ भिलासा होटलमा प्रयोगात्मक कार्य पनि गर्न पाउँछन्। साथै सोही होटलमा काम पनि गर्न पाउने साथमका निर्देशक निश्चल श्रेष्ठले बताए। ‘उनीहरुले पढाइ मात्र नभएर विभिन्न सिफ्टमा होटलमा गएर काम पनि गर्नुपर्ने हुन्छ।’ उनले भने ‘त्यसरी गरेको कामलाई प्रत्येक सेमेष्टरमा यती यती घण्टा काम गर्यो भनेर हामीले फाइनल रिजल्टको ट्रान्सक्रिप्टमा उल्लेख गर्नेछौं।’

    विद्यार्थीहरुले विहान ७ देखी १० बजेसम्म कलेजमा सैद्धान्तीक अध्ययन गर्नेछन्। दिउसको समयमा होटलका विभिन्न विभागमा रहेर काम गर्ने निर्देशक श्रेष्ठले बताए। ‘फ्रन्ट अफिस, हाउस किपिङ, फुड प्रोडक्सन लगायतका डिपार्टमा गएर विभिन्न सिफ्टमा काम गर्नेछन्।’ उनले भने ‘त्यसरी काम गर्दा विद्यार्थीहरुले आम्दानी पनि गर्छन्।’ बीएचटीएममा पहिलो सेमेष्टरमा पढाइ र प्रयोगात्मक कक्षा मात्र हुन्छ। दोस्रो सेमेष्टरमा हप्ताको ३० घण्टा होटलमा काम गर्नुपर्छ।

    सुरुवातमा विद्यार्थीले महिनाको ६ हजार रुपैया कमाउँछन्। ४ वर्षे शैक्षिक कार्यक्रमको अन्तिममा मासिक १८ देखी २० हजारसम्म आम्दानी हुन्छ। अध्ययनकै क्रममा विद्यार्थीले पढाइ शुल्कको ७० देखी ८० प्रतिसत कमाउन सक्नेछन्। बीएचटीएमको कोर्ष सकिएपछि उनीहरूले सुपरभाइजर सरहको जागीर पाउने छन्। सुरुवातमा मासिक ३५ देखी ४० हजार कमाइ गर्छन्।

    पढाइ सक्ने वित्तीकै रोजगारीको अवसर मिल्ने बीएचटीएम पढाइको मुख्य विशेषता भएको श्रेष्ठ बताउँछन्। रुपन्देहीमा थुप्रै तारे र स्तरिय होटल खुलेकाले बीएचटीएम पढेकालाई पयाप्त अवसर छ। होटल मात्र नभइ पर्यटनसँग सम्बन्धी अरु क्षेत्रमा पनि काम गर्न सक्नेछन्। एयरलाइन्स, सहाशिक पर्यटन क्षेत्र, टुर गाइड लगायतका ठाउँमा कामको अवसर हुने छ। विदेशमा पनि यो विषय पढेकालाई राम्रो अवसर छ। त्यस्तै आफ्नै पर्यटन व्यवसाय गर्न पनि सहज हुने छ।

    साथम कलेज भैरहवाकी बीएचटीएम संयोजक सिर्जना वाग्लेले विद्यार्थीले अध्ययनकै क्रममा काम गरेर कमाउन सक्ने भएकाले यो विषय निकै उपयोगी भएको बताइन्। ‘हामीले कक्षा कोठामा सैद्धान्तिक ज्ञान प्रदान गछौं। त्यही अनुसार उनीहरुले प्रयोगात्मक कार्य गर्न पाउँछन्।’ उनले भनिन् ‘अहिले दोस्रो सेमेष्टरमा अध्ययन गरेका विद्यार्थीहरुले पढाइसँगै सिद्धार्थ भिलाशा होटलमा काम पनि गरिरहेका छन्। यसबाट विद्यार्थीहरुमा सक्रियता र आत्मविश्वास बढेर गएको छ।’

    विद्यार्थीहरुलाई उनीहरुको व्यक्तीत्व विकास हुने गरि आफूहरुले अध्ययन गराएको वाग्लेले बताइन्। ‘केश स्टडीदेखी, पे्रजेन्टेसन, ट्रान्स पे्रजेन्टेसन, विभिन्न प्रकारका असाइमेन्टहरु हामीले गराउँछौं।’ उनले भनिन् ‘उनीहरुको व्यक्तित्व विकास हुने गरि पढाउँछौं। डिजिटल मार्केटिङका कुराहरु उनीहरुले सिकिरहेका छन्।’

    बीएचटीएम दोस्रो सेमेष्टरमा अध्ययनरत मन्जीका चौधरीले अहिले पढाइसँगै काम पनि गरिरहेकी छन्। पर्यटन क्षेत्रमा राम्रो अवसर देखेर आफूले बीएचटीएम पढेको उनले बताइन्। ‘यो विषय पढेपछि होटलमा काम गर्न पनि सकियो। पर्यटन सम्बन्धी अरु क्षेत्रमा काम गर्ने अवसर पनि मिल्छ।’ चौधरी भन्छिन् ‘पहिलो सेमेष्टरमा विभिन्न विषयका आधारभूत ज्ञान लियौं, दोस्रो सेमेटष्टरमा अझ एड्भान्स कुराहरु अध्ययन गर्दैछौं। पढ्दै सिद्धार्थ भिलासामा काम पनि गरिरहेका छौं।’

    अरु शैक्षिक कार्यक्रम भन्दा बीएचटीएम भिन्न भएको अर्का विद्यार्थी सुमित पौडेल बताउँछन्। ‘अरु कोर्षमा धेरै सैद्धान्तीक कक्षा धेरै हुन्छ। हामीले पढाइ सकेपछि काम गरेको अनुभवको प्रमाणपत्र पनि प्राप्त गछौं’ उनले भने ‘नेपालमा धमाधम होटलहरु खुलेका छन्। मेहनत गरेर पढ्यो भने पर्यटन क्षेत्रमा राम्रो सम्भावना छ। विश्व वजारमा काम गर्न पनि हामीलाई सहज हुन्छ।’
    भैरहवाको साथम कलेजमा अहिले दोस्रो सेमेष्टरमा २५ जनाले अध्ययन गरिरहेका छन्। यो पटक ८० जना जतिलाई भर्ना लिने साथमले जनाएको छ।