२०८२ फाल्गुन २३ गते, शनिबार १०:५४
  • यी हुन् लुम्बिनी प्रदेशका पाँच तारे होटल

    बुटवल– लुम्बिनी प्रदेशमा पाँच तारे होटलको संख्या ४ वटा रहेको छ। पर्यटन विभागले हालै सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा रुपन्देहीमा २ र बाँकेंमा दुई वटा पाँचतारे होटल रहेको उल्लेख छ।

    रुपन्देहीको तिलोत्तमा ११ कोटीहवामा टाइगर वान प्रा.लि द्वारा सञ्चालित टाइगर प्यालेस होटल सञ्चालित छ। यो २०७४ सालमा ५ तारामा बर्गिकरण भएको हो। रुपन्देहीको भैरहवा स्थित अञ्चलपुरमा सिद्धार्थ इन्टरनेश्नल होटल प्रालिद्वारा सञ्चालित सिद्धार्थ भिलासा सञ्चालनमा छ। यो २०८० माघमा पाँच ताराको इजाजत पाएको हो।

    बाँकेको नेपालगञ्ज नगरपालिका १९ भुजैंगाउँमा सोल्टी वेष्टेण्ड प्रिमियम होटल रहेको छ। सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट प्रालिद्वार सञ्चालित यो होटल २०७५ साल माघमा पाँच तारमा स्तरबर्गिकरण भएको हो। बाँकेको कोहलपुर नगरपालिका ४ मा होटल सेन्ट्रल प्लाजा सञ्चालनमा छ। सेन्ट्रल प्लाजा २०७५ फागुनमा पाँचतारमा स्तर वर्गिकरण भएको हो।

    पर्यटन विभागका अनुसार देशभरमा पाँच तारा होटलको संख्या ३१ रहेको छ। जसमा ३ वटा पाँच तारा डिलक्स होटल र ३ वटा लक्जरी हेरिटेज बुटिक होटल रहेको छ।