२०८२ फाल्गुन २३ गते, शनिबार १२:३८
  • अगस्टमा ८८ हजार बढी पर्यटक भित्रिए, गत वर्षको तुलनामा २२ प्रतिशत वृद्धि

    काठमाडौं – सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।

    बोर्डको तथ्यांक अनुसार सबै भन्दा बढि भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन्।  त्यस्तै चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत पर्यटक आएकाे वाेर्डले जनाएकाे छ।

    श्रीलंकाबाट ५ हजार ९५६  र बंगलादेशबाट ४ हजार २६२  पर्यटक भित्रिएका छन्।

    सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाद ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् ।
    सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।
    कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमश: पुनर्रुत्थानको क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बताएका छन्। उनले भने, “भारतबाट एयर इण्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं ।“