२०८२ फाल्गुन २३ गते, शनिबार १४:३०
  • विश्व पर्यटन दिवसमा बेलहियामा विदेशी पर्यटकको स्वागत

    भैरहवा- विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका पर्यटकको स्वागत गरिएको छ। दिवसका दिन बेलहिया नाका भएर पहिलो प्रवेश गर्ने पर्यटक अष्ट्रेलिन नागरिक रेमेनी बारबरा डोरा स्वागत गरिएको हो।

    नेपाल एशोसिएन आफ टुर एण्ड ट्राभल एजेन्टस् नाटा र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले गरेको कार्यक्रममा स्वागत गरिएको हो। त्यस्तै नेदरल्याण्डदेखि नेपाल घुम्न आएका मार्सल कैयवर, भारतीय पर्यटक सञ्जय सिंह र विनोद मिश्रलाई पनि स्वागत सहित सम्मान गरिएको थियो।

    कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले पछिल्लो समय मुलुकमा केही घट्नाक्रम भएपनि अहिले पर्यटनको लागि सुरक्षित वातावरण भएको बताए। उनले नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देश दिन जरुरी रहेको र प्रदेश सरकारले त्यसमा कोशिस गर्ने बताए। सम्मानित पर्यटक बारबराले नेपाल सुन्दर देश भएको र पर्यटन दिवसमा सम्मानित हुन पाउँदा निकै खुशी लागेको सुनाइन्।

    नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले मुलुकको अवस्था प्रतिकुल नभई सुरक्षित रहेको सन्देश दिन कार्यक्रम गरिएको जानकारी दिए।
    नाट्टा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीले पर्यटन नीतिमा परिवर्तन  गरेर जानुपर्ने बताए। गुणस्तरिय र पैसा खर्च गर्न सक्ने पर्यटक भित्राउन पर्ने उनले उल्लेख गरे।
    बौद्ध भिक्षु सुमंगलोले नेपालको धार्मिक, ऐतिहासीक, सास्कृतिक र प्राकृतिक सम्पदाहरुले विदेशीलाई आकर्षतिगरिरहेको बेला सबै नेपालीहरु समताभावको साथ एकताबद्ध भई पर्यटन प्रबद्र्धनमालागेमा देश विकास हुने उल्लेख गरे।

    पर्यटन दिवसको अवसरमा नाट्टा लुम्बिनीले रक्तदान समेत गरेको थियो। यस्तै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले पनि बेलहियामा पर्यटकलाई स्वागत सहित कार्यक्रम गरेको छ।