
भैरहवा – थाइ एयर एशियाले भैरहवामा आजबाट पुन उडान सुरु गर्दै छ। आइतबार र बुधबार गरि सातामा २ पटक बैंकक- भैरहवा-बैंकक उडान हुन लागेको हो।
थाइ एयर एशियाको जहाज दिउसो सवा १२ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने तालिका रहेको विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिए।
थाइल्याण्डको बैंककबाट भैरहवा उडान गर्नको लागि उडान गर्नको लागि एयर एशियाले गत असारमै अनुमती लिएर टिकट खुल्ला गरेको थियो। उडानको लागि टिकट विक्रि पनि राम्रो भएको एयरलाइन्सले जनाएको छ।
थाइ एयर एशियाले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो। तर चैत्रबाट उडान रोकिएको थियो। कात्तिकबाट फेरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न लागेको हो।

