
भैरहवा – थाइ एयर एशियाकाे जहाज भैरहवा आइपुगेकाे छ। बैंककबाट आएकाे एयरबस ३२० जहाज केही बेर अघि गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे हाे। जहाजमा १७ यात्रु आएका छन्।
१६७ भैरहवाबाट बैंकक प्रस्थान गर्ने विमानस्थलका सुचना अधिकारी बिनाेद रावतले जानकारी दिए।

