
मुस्ताङ-जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ। हिमपातको सम्भावना भएकाले कात्तिक १० गतेदेखी १२ गतेसम्म पदयात्रा नगर्न नगराउन प्रशासनले सूचना जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालद्वारा जारी सूचनामा मुस्ताङ डोल्पा याकखर्क क्षेत्र ५८०० मिटर, मुस्ताङ–मनाङ थोरङ्ला पास ५४०० मिटर, मुस्ताङ–मनाङ सरीबुङ पास ६००० मिटर र मुस्ताङ – म्याग्दी धौलागिरी पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रमा भारीदेखी हलुका हिमपात हुने उच्च सम्भावना रहेकाले पदयात्रा नगर्न आग्रह गरेको हो।
जिल्लाका अन्य भागमा समेत हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तिर्थयात्रीहरुले मौसमको जानकारी लिएर यात्रा गर्न भनिएको छ।

