२०८२ फाल्गुन २३ गते, शनिबार १४:०९
  • लुम्बिनीको विश्व शान्ति कार्यक्रममा विश्वका २५ अर्बपति सहभागी हुने

    लुम्बिनी– लुम्बिनीमा आयोजना हुन लागेको विश्व शान्ति कार्यक्रममा विश्वका २५ अर्बपति र विभिन्न क्षेत्रका विज्ञहरुको सहभागीता हुँदैछ। मंसिर २४ गतेबाट २६ गतेसम्म लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम आयोजना हुनेछ।

    द प्रमिस्ड ल्याण्ड फाउण्डेशनको मुख्य आयोजनामा हुन लागेको कार्यक्रममा नेपालसहित संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यापारिक नेता, विद्वान, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरू सहित १०,००० भन्दा बढीको सहभागिता रहने जनाइएको छ। साथै विश्वका २५ अर्बपतिहरू नेपालमा अवसरहरु अन्वेषण गर्न आफ्नो पहिलो सामूहिक भ्रमणमा भेला हुँदैछन्। बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धको अक्षुण्ण अवशेष रहेको रामग्राममा अवस्थित विश्व शान्ति कार्यक्रमको तेस्रो संस्करणमा नेपालको आध्यात्मिक सम्पदा, शान्ति र समृद्धिलाई केन्द्रमा राखिएको छ।

    साथै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू, विशेष गरी एसडिजी(१६ शान्ति, न्याय र बलियो संस्थाहरूको भावनासँग नजिकबाट मिल्दोजुल्दो रहेको आयोजक दाबी छ। तीन दिनसम्म चल्ने यस कार्यक्रममा शान्ति, जलवायु, विकास, आन्तरिक कल्याण र सामाजिक न्यायमाथि संवाद, व्यावहारिक शान्ति निर्माण र दैनिक नेतृत्व सम्बन्धी युवा र समुदाय(केन्द्रित सत्रहरू, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजहरूका सवालमा बहस, रचनात्मकताको उपचार र एकताबद्ध शक्तिलाई उजागर गर्ने सांस्कृतिक प्रदर्शन, संगीत र कलात्मक प्रदर्शनी चल्ने छ।

    विश्व शान्ति कार्यक्रम २०२३ मा सुरु भएको थियो । जसमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनीको आफ्नो ऐतिहासिक भ्रमण गरेका थिए र विश्वलाई शान्तिको सन्देश दिएका थिए। यो अभूतपूर्व कार्यक्रममा ठूलो मात्रामा लगानी, क्रस(सेक्टर सहकार्य, परिवर्तनकारी विचारहरू र अर्थपूर्ण अन्तर्दृष्टि साझेदारीको लागि महत्त्वपूर्ण मार्गहरू खुल्ने आयोजकको अपेक्षा छ। यस पटक हाम्रो कार्यक्रममा तीन पूर्व राष्ट्र प्रमुखहरू को पनि आगमन रहनेछ । नेपाल पर्यटन बोर्ड हाम्र प्रवद्र्धनात्मक साझेदार हो, शैक्षिक साझेदार र धेरै अन्य सम्मानित सरोकारवालाहरूको रूपमा काठमाड विश्वविद्यालय रहेको छ । ’

    आयोजक विश्व शान्ति कार्यक्रमको तर्फबाट जारी गरिएको विज्ञप्तिमा अगाडि भनिएको छ ‘ डिसेम्बर १२ मा, रामग्राम स्तुपामा एक प्रमुख दीप अर्पण समारोह, जहाँ हजारौं बत्तीहरू र शान्तिको लागि प्रार्थनाहरूले रातको आकाशलाई उज्यालो पार्ने छ भन्ने जानकारी गराउँदछौं। यस कार्यक्रममा सहकार्य साझेदारी संस्थाहरुमा नेपाल पर्यटन बोर्ड, नेपाल विश्व युवा महासंघ, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, काठमाडौं विश्वविद्यालय, नागरिक समाज रहेका छन् ।