२०८१ आश्विन २१ गते, सोमबार १३:०३
  • लुम्बिनीमा सरसफाई अभियान निरन्तर

    लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार पनि सरसफाई गरिएको छ । ‘ग्रिन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्धजन्मस्थललाई सफा र स्वच्छ राख्ने उदेश्यले बैशाख ९ गतेबाट ‘लुम्बिनी सरसफाई अभियान शुरु गरिएको हो।

    शनिबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहित कोषका कर्मचारीहरुको उपस्थितीमा गुरुयोजना क्षेत्रभित्रका स्थलहरुको सरसफाई गरिएको छ।
    शान्तिदीप, मायादेवी मन्दिर वरपर, मुख्य नहर क्षेत्र हुँदै अन्र्तराष्ट्रिय ध्यान केन्द्रसम्म सफाई गरिएको हो। २५६७ औं बुद्धजयन्तीको अवसरलाई मध्यनगर गरि दोस्रो हप्तापनि लगातार सरसफाई गरिएको र आगामि दिनमा महिनामा एक दिन शनिबार सरसफाई गरिने कोषले जनाएको छ।

    लुम्बिनी पवित्र उद्यानलाई सफा र सुन्दर राख्नुपर्ने आवश्यकतालाई आत्मसाथ गर्दै सफाई गर्न लागिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए।

    लुम्बिनी अन्र्तराष्ट्रिय पर्यटकीय स्थल समेत भएकाले यसलाई सफा, स्वच्छ राख्नका लागि सबै पक्षलाई जिम्मेवार बनाउन अभियान थालिएको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।

    सस्कृती पर्यटन तथा नागरिक उडडयनमन्त्री सुँदन किराँतीले पशुपतीमा प्रत्येक शनिबार सरसफाई अभियान सञ्चालन गरेसँगै लुम्बिनीमा पनि नियिमत सफाई अभियान शुरु भएको हो।