२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:५२
  • नयाँ वर्षको दिन ३५ हजार बढिले घुमे लुम्बिनी

    लुम्बिनी २०८३ सालको पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनीमा पनि आज बाक्लो चहलपहल थियो। रुपन्देही सहित देशका विभिन्न भागबाट नयाँ वर्ष मनाउन लुम्बिनी आएका थिए। मायादेवी मन्दिर प्रवेश गर्नको लागि केही लामो लाइन थियो।

    साँझ सम्म ३५ हजार बढिले भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना सहायक दिलिपसिंह राईले जानकारी दिए। मायादेवी मन्दिर बाहेक शान्तिदीप र अन्य स्तुपा तथा विहारहरुमा पनि आन्तरिक पर्यटकहरुको भिडभाड थियो।

    लुम्बिनी परिषरमा राम्रै चहलपहल भएपनि बाहिरका होटलमा खासै पाहुना नभएको व्यवसायीहरुले जनाएका छन्। होटलहरुमा अघिल्लो दिन ४० प्रतिसत जति मात्र अक्कुपेन्सी रहेको होटल संघ लुम्बिनीका सचिव योगेन्द्र कंडेलले जानकारी दिए।