२०८३ बैशाख १८ गते, शुक्रबार १७:४३
  • लुम्बिनीमा मायादेवी मन्दिर भित्र ध्यान र पूजा गरेर मनाइयो बुद्ध जयन्ती

    लुम्बिनी – लुम्बिनीमा २५७० औं बुद्ध जयन्ती सामान्य कार्यक्रम मात्र गरी मनाइएको छ । विगतका बुद्ध जयन्तीमा प्रधानमन्त्री वा राष्ट्रपति मध्ये एक जना सहभागी हुने गर्दथे। यो बर्ष दुबै जना आएनन् । प्रतिनिधी सभाका सभामुख डोलप्रसाद अर्याल सहभागी भएका थिए।

    प्रधानमन्त्री बालेन्द्र शाहले लुम्बिनी आउने बताइए पनि अन्तिम समयमा नआउने जानकारी गराइएको थियो। सभामुख डीपी अर्यालले मायादेवी मन्दिरभित्र थेराबाद, यहायान र बज्रयानको पुजा र ध्यानमा सहभागी भएका थिए।

    लुम्बिनी विकास कोषको आयोजनामा हरेक वर्ष वैशाख शुक्ल पुर्णिमाको दिन बुद्धजयन्ती मनाउने गरिन्छ ।
    कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री गनेश पौडेल र यस क्षेत्रका सांसदहरु सहभागी थिए।