२०८३ जेष्ठ १२ गते, मंगलवार ०३:४८
  • बेलायती मन्त्री सीमा मल्होत्राद्वारा लुम्बिनी र तिलौराकोटको भ्रमण

    लुम्बिनी– बेलायतकी इण्डो प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्राले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्। शनिवार उनले लुम्बिनी र तिलौराकोटको भ्रमण गरेकी हुन्। मन्त्री मल्होत्रालाई लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राइले यहाँका सम्पदा र बुद्धस्थलको महत्वको बारेमा जानकारी गराएका थिए।

    उनले लुम्बिनी विकास कोष र बेलायतको दुरहाम बिश्वविद्यालयले गरेको पुरातात्वीक अध्ययन र अनुसन्धानको बारेमा चासो राइले बताए । भ्रमणको क्रममा लुम्बिनीको थप बैज्ञानिक अध्ययन र अनुसन्धानमा लुम्बिनी विकास कोषसँग सहकार्य गर्ने बेलायती मन्त्री सीमा मल्होत्राले बताएकी थिइन्।

    बेलायती मन्त्रीको यो भ्रमणले नेपालको बौद्ध सम्पदा, शान्ति कूटनीति र नेपाल र संयुक्त अधिराज्य बीचको सांस्कृतिक सम्बन्धमा थप सघाउ पुर्याउने लुम्बिनी विकास कोषले जनाएको छ। भ्रमणबाट मित्रता, सम्पदा सहयोग र शान्ति, संस्कृति र दिगो पर्यटनप्रति साझा प्रतिबद्धतालाई सुदृढ बनाउने आशा गरिएको छ।