२०८३ जेष्ठ १७ गते, आईतवार २३:४४
  • बृहत लुम्बिनीको विकासको लागि ८३ करोड

    तिलौराकोट, देवदह, कपिलबस्तु र रामग्रामको बृहत पूर्वाधार विकास गर्ने

    काठमाडौं- सरकारले रुपन्देही, नवलपरासी र कपिलबस्तुका बुद्धस्थलहरुको वृहत पूर्वाधार विकास गर्ने जनाएको छ। शुक्रबार संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३ /८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ऐतिहासिक स्थलहरु तिलौराकोट, देवदह, कपिलबस्तु र रामग्रामको बृहत पूर्वाधार विकास गर्ने जनाएका छन्। बृहत लुम्बिनी विकास कार्यक्रमको लागि ८३ करोड रुपैया विनियोजन गरेको बजेटमा उल्लेख छ।

    यस्तै तिलौराकोट सहित तीन गन्तव्यलाई विश्वसम्पदा सूचिमा समावेश गराउने प्रक्रिया अघि बढाउने जनाएको छ । धनुषाको जनकपुर धाम र काठमाडौंको गोकर्णेश्वरलाई पनि विश्व सम्पदामा समावेश गराउने बजेटमा भनिएको छ। बजेटमा ठाकुरद्वारा स्वर्गद्वारी रुरुलाई प्रादेशीक पर्यटकीय करिडोरको रुपमा प्रवद्र्धन गर्ने उल्लेख छ ।

    यस्तै लुम्बिनी मुक्तिनाथ धार्मिक संस्कृतिक मार्गमा आधारित निर्वाण पथको प्रवद्र्धन गर्दै ध्यान साधना योग बौद्ध बैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकिकृत गर्ने बजेट वक्तव्यमा उल्लेख छ।