२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • रेसुंगा विमानस्थलमा नियमित उडान सुरु

    तम्घास– गुल्मीको सिमिचौरमा रहेको रेसुंगा विमानस्थलमा नियमित उडान सुरु भएको छ। नेपाल बायुसेवा निगमको जहाजले शुक्रबारबाट नियमित उडान सुरु गरेको हो। काठमाडौँको त्रिभुवन विमानस्थलबाट उडेको निगमको जहाज रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो। जहाजमा आएका यात्रुलाई रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले स्वागत गरे।

    केहीवेरपछि निगमको विमान पुन काठमाडौँको लागि उडेको थियो। अब हरेक हप्ता शुक्रबार काठमाडौँ गुल्मी काठमाडौं उडान हुने नेपाल एयरलाईन्सले जनाएको छ। काठमाडौंबाट रेसुंगा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने समय तालिका रहेको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए।

    रेसुंगा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका छ। काठमाडौंबाट रेसुंगा विमानस्थल सम्मको दूरी ५० मिनेटको छ। रेसुंगा विमानस्थलबाट काठमाडौंसम्मको भाडा प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ तोकिएको छ। यसैगरी, काठमाडौंबाट रेसुंगा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ।
    जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ मिलोमिटर कच्चीबाटो पनि विमानस्थल पुग्न सकिन्छ।