२०८१ आश्विन २१ गते, सोमबार १३:०४
  • तिलौराकोटलाई विश्वसम्पदा सूचिमा सूचिकृत गरिने नीति कार्यक्रम मार्फत घोषणा

    तौलिहवा – सरकारले नीति तथा कार्यक्रम मार्फत कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचिमा सूचिकृत गरिने घोषणा गरेको छ । शुक्रवार आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा तिलौराकोटसँगै धनुषाको रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गरिने उल्लेख छ।
    “कपिलवस्तुको तिलौराकोट र जनकपुरधामको रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गरिने छ ।”नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने।

    त्यसैगरी सांस्कृतिक पर्यटनको विकासका लागि “एक प्रदेश, एक सांस्कृतिक ग्राम”को अवधारणा अघि बढाइने र सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गरिने नीति कार्यक्रममा लेखिएको छ ।