२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • यो सिजनमा ५ सय जतिले गरे सगरमाथाको आरोहण

    काठमाडौँ – यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा चढेको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले जानकारी दिए ।

    यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबर्द्धक रूपमा आरोहण भइरहेको विभागले जनाएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् ।

    विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र तीन सय ७६ पुरुष गरी कूल चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।