२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • लुम्बिनीमा नोबेल विजेताको सहभागीतामा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम गरिने

    लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले बुद्धजन्मस्थलमा अन्तराष्ट्रिय स्तरको लोरेट एण्ड लिडर कार्यक्रम गर्ने जनाएको छ। आफ्नो नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले सो कार्यक्रम गर्ने जनाएको छ। नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनोताहरुको सहभागीतामा कार्यक्रम गरिने प्रदेश प्रमुख अमिक शेरचनाले बताए।

    लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा कार्यक्रम गरिने नीति कार्यक्रममा उल्लेख छ। साथै लुम्बिनीमा अन्तराष्ट्रिय करुणा तथा शान्ति केन्द्र स्थापना गरिने उल्लेख छ। व्यक्तीको समग्र विकासको लागि केन्द्र स्थापना गर्न अध्ययन गरि आवश्यक व्यवस्था मिलाइने प्रदेश सरकारले जनाएको छ।