२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • लुम्बिनीको नीति कार्यक्रममा गोल्डेन ट्रयाङ्गल सर्किट देखी खस आर्य सर्किटसम्म

    देउखुरी -लुम्बिनी प्रदेश सरकारले विभिन्न पर्यटकिय स्थलहरुलाई जोडेर सर्किटको रुपमा विकास गर्ने जनाएको छ। शुक्रबार प्रदेश सभामा प्रस्तुत नीति कार्यक्रममा विभिन्न सर्किटहरुको बारेमा उल्लेख छ।

    प्रदेशका मुख्य ३ पर्यटकीय स्थलहरुलाई जोड्ने गरि गोल्डेन ट्रयाङ्गल सर्किटको रुपमा विकास गरिने प्रदेश सरकारले जनाएको छ । यो सर्किटमा लुम्बिनी क्षेत्र, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने नीति तथा कार्यक्रम मार्फत प्रदेश प्रमुख अमिक शेरचनले जानकारी दिए।

    अन्य सम्पदा सर्किटहरुको बारेमा पनि नीति कार्यक्रममा उल्लेख छ । बाँके र बर्दियालाई जोड्ने गरी थारु सांस्कृतिक सम्पदा सर्किटको बनाइने बताइएको छ । त्यस्तै रुकुम पूर्व, पाल्पा र रोल्पालाई जोड्ने गरी मगर सांस्कृतिक सम्पदा सर्किटस, कपिलवस्तु, नवलपरासी पश्चिम र रुपन्देहीलाई जोड्ने गरी अवधि सांस्कृतिक सम्पदा सर्किट बनाइने प्रदेश सरकारले जनाएको छ।

    प्यूठान, अर्घाखाँची र गुल्मीलाई जोड्ने गरी खस आर्य सम्पदा सर्किटको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा बताइएको छ। १२ वटै जिल्लामा खसरआर्य, थारु, मगर, मुस्लिम, अवधीको संस्कृतिक ग्राम व्यवस्थापन कार्यलाई निरन्तरता दिइने प्रदेश प्रमुख अमिक शेरचनाले बताए।