२०८१ आश्विन २१ गते, सोमबार १५:०९
  • लुम्बिनीमा ‘लोरेट एण्ड लिडर’ कार्यक्रमको लागि ६ करोड ५० लाख विनियोजन

    देउखुरी – बुद्धजन्मस्थल लुम्बिनीमा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम सञ्चालनको लागि लुम्बिनी प्रदेश सरकारले ६ करोड ५० लाख रुपैया विनियोजन गरेको छ।नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनोताहरुको सहभागीतामा अन्तराष्ट्रिय स्तरको उक्त कार्यक्रम गर्न बजेट बिनियोजन गरेको आर्थिक मामिला मन्त्री धनबहादुर मास्केले बताए।

    लुम्बिनीलाई विश्व पर्यटन क्षेत्रको महत्वपूर्ण गन्तव्यको रुपमा प्रवद्र्धन गर्न लोरेट एण्ड लिडर कार्यक्रम आयोजना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ। लुम्बिनीमै अन्तराष्ट्रिय करुणा तथा शान्ति केन्द्र स्थापना समेत बजेट विनियोजन गरेको मन्त्री मास्केले जानकारी दिए।