२०८१ आश्विन २१ गते, सोमबार १५:१६
  • सीता विनाको भारत र राम विनाको नेपाल अपूर्ण हुन्छ : पर्यटनमन्त्री किराँती


    लुम्बिनी -संस्कृति पर्यटन तथा नागरि उड्यन मन्त्री सुदन किराँतीले सीताबिना भारत र रामविना नेपाल अपूर्ण हुने बताएका छन्। विश्व योग दिवसको अवसरमा मंगलबार लुम्बिनीमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले हामीले यी कुरा स्थापित गर्नुपर्ने उल्लेख गरेका हुन्।

    २३ सय वर्ष अघिदेखी नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको भन्दै उनले हालै भएको प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी गरे।मन्त्री किराँतीले हवाइ रुट र भैरहवा विमानस्थलमा आइएलएस सञ्चालनको लागि भारत सरकार सकारात्मक रहेको बताए।

    उनले योग धार्मिक, शारीरिक, मानसिक स्वाथ्यलाभसँग मात्र नभई मानवलाई योगले विश्व् ब्रम्हाण्डसँग र मानव कल्याणको साझा ज्ञानसँग जोडेने उल्लेख गरे ।योग कार्यक्रममा मन्त्री किराँतीसँगै लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव लगायतले योगाभ्यस गरेका थिए।