२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • घुमौं लुम्बिनी टिकटक प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

    बुटवल– घुमौं लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी र यसको सेरोफेरोमा रहेका संस्कृती पर्यटन भेषभुषा लगायतका सबै कुरा समेटेर लुम्बिनीको महत्व झल्काउने गरि लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डको आयोजनामा बैशाख १० गतेदेखी जेठ २० गतेसम्म टिकटक प्रतियोगिता आयोजना गरिएको थियो।

    प्रतियोगितामा सचिन लोध विजेता भएका छन्। त्यस्तै विष्णु पाण्डे प्रतिगोगितामा दोस्रो भएकी छन् भने गोकुल नकर्मी तेस्रो भएका छन्। काठमाडौँको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरे।

    मन्त्री किराँतीले टिकटक च्यालेन्ट प्रतियोगिता प्रभावकारी रुपमा सम्पन्न भएकोमा आफू सन्तुष्ट रहेको बताए। उनले विजेताहरुलाई थोरै भएपनि पुरस्कार राशीबाट हौसला बृद्धि गर्न सकेकोमा आँफू हर्षित भएको जानकारी दिए।
    पर्यटन राज्यमन्त्री सुशिला श्रीपालीले लुम्बिनी राष्ट्रको हिरा भएको तर यसको महत्व प्रभावकारी रुपमा विश्वसामु फैलाउन नसकिएको बताए।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी धनन्जय रेग्मीले अहिलेको जमाना टिकटकको भएकाले प्रतियोगिताले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको महत्वको विषयमा २ करोड भन्दा धेरै व्यक्ती माझ पुर्याएकोमा बिजेता र सहभागीलाई धन्यवाद दिए।