२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • पछिल्लो ६ महिनामा ४ लाख ७६ हजार पर्यटक भित्रिए, भारतीयपछि अमेरिकन धेरै

    काठमाडौँ – पछिल्लो ६ महिनामा साढे ४ लाख बढि पर्यटक नेपाल पाएका छन्। सन् २०२३ सुरु भएयता जुन अन्तिमसम्म चार लाख ७६ हजार ४८१ विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

    कोरोना महामारी सुरु भएपछि सन् २०२० को सुरुआतदेखि पर्यटन क्षेत्र संकटमा परेको थियो। २०२३ सुरु भएपछि पर्यटन क्षेत्रमा आशा देखिएको छ । नेपाल आउने पर्यटक मध्ये सबै भन्दा बढि भारतका रहेका छ।

    भारतबाट पछिल्लो ६ महिनामा १ लाख ६७ हजार ६०५ जना नेपाल आएका छन्। भारत पछि नेपाल घुम्न आउनेमा अमेरिकी छन्। २०२३ को जनवरी यता ४९ हजार ४३३ अमेरिकी पर्यटक आएका छन्। त्यसै गरि बेलायत बाट २४हजार २६४, चीनबाट २० हजार ११७, अस्ट्रेलियाबाट १७ हजार ६९६, बंगलादेशबाट १३ हजार ६२४ र थाइल्यान्डबाट १४ हजार ११२ पर्यटक नेपाल आएका छन् । दक्षिण कोरियाका ११ हजार ५५४, जर्मनीका १२ हजार १६७ र फ्रान्सबाट १० हजार २५० जना नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।

    सन् २०२२ मा जुन महिनासम्म दुई लाख ४० हजार नौ सय एक जना विदेशी पर्यटक नेपाल आएका थिए। यो वर्षको जुन महिनामा मात्र जुनमा ७२ हजार दुईसय ५० जना विदेशी पर्यटक नेपाल आएका छन्। यो महिनामा मात्र पनि सबै भन्दा बढि भारतबाट ३८ हजार आठसय ४५, त्यसपछि अमेरिकाबाट आठ हजार चारसय ७०, रहेका छन्।