२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • लुम्बिनीमा चहलपहल बढ्यो, आशा गरे अनुरुप छैनन् तेस्रो मुलुकका पर्यटक

    बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक चहलपहल हुन थालेको छ । जनवरी महिना पर्यटकहरुको सिजन हो । कोभिड सुरु हुन भन्दा अघि अर्थात सन २०१९ सम्म जनवरी महिनामा पर्यटकहरुको निकै चहलपहल हुने गर्दथ्यो । त्यस यता तेस्रो मुलुकका पर्यटक ठप्प जस्तै थियो । तर पछिल्लो समय तेस्रो मुलुकका पर्यटकहरु पनि देखिन थालेका छन् । हिजो आज म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, श्रीलंका लगायतका मुलुकबाट पर्यटकहरु लुम्बिनी आएका होटल संघ लुम्बिनीका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । ‘केही मात्रामा अहिले पर्यटकहरु अहिले बढेका छन् । जनवरी लागेदेखी चहलपहल छ ।’ उनले भने ‘तर कोभिड अगाडि जस्तो अवस्था भने अझै छैन । जुन मात्रामा आउथे त्यस्तो छैन ।’
    विगतमा सबै भन्दा बढि पासपोर्ट प्रयोग कर्ता श्रीलंकाका आउने गर्दथे । तर श्रीलंकामा आर्थिक संकटका कारण उत्पन्न परिस्थितीले लुम्बिनी आउनेको संख्या कम छ । तर थाइल्याण्ड, म्यानमार लगायतका देशबाट पर्यटक आएका छन् । लुम्बिनी विकास कोषका सुचना अधिकृत राजन बस्नेतले चिन, दक्षिण कोरिया, जापान लगायतका देशबाट भने पर्यटक खासै नआएको बताए । ‘आशा गरेजस्तो पर्यटक अझै आएका छैनन् । चिन कोरीया जापानबाट देखिएका छैनन् ।’ उनले भने ‘विश्वव्यापी आर्थिक मन्दिले पनि होला । आन्तरिक र भारतीय पर्यटक राम्रै आइरहेको बस्नेतले बताए ।’